• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

११ औं राष्ट्रिय बाल नाटक महोत्सव : ३५ वटा स्क्रिप्टबाट १६ स्क्रिप्ट समावेश

काठमाडौं । शैली थिएटरले ११ औं राष्ट्रिय बाल नाटक महोत्सव २०७६ को आयोजना गर्दैछ । माघ २२ देखि २९ गते सम्म हुने महोत्सव राजधानीको रसियन कल्चर सेन्टरमा गरिने तय भएको छ । आठ दिन लामो महोत्सवमा १६ प्रतियोगी नाटक र शैली थिएटरको आफ्नै नाटक मन्चन पनि हुने जनाइएको छ ।  महोत्सवमा झण्डै चार सय स्कुलका विद्यार्थीहरूले सहभागीता जनाउने भएका छन्  । 


सो अवसरमा बालबालिकाको मनोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर नगर्ने, भाषामा केन्द्रित र राष्ट्रिय अखण्डतामा असर नर्पुयाउने खालको महोत्सवका लागी स्क्रिप्टहरू छनोट गरिएको छ । आवेदनमा परेका ३५ वटा स्क्रिप्टबाट मन्चनका लागि  १६ स्क्रिप्ट समावेश भएका छन् । ‘शैली थिएटरले बालबालिकालाई रंगमञ्चमा काम गर्न प्रोत्साहित गर्ने उद्देश्यले विगत दस वर्षदेखि निरन्तर रूपमा यो महोत्सव गर्दै आएको शैली थिएटरका अध्यक्ष तथा निर्देशक नवराज बुढाथोकीले बताए ।


माघ २२ गते महोत्सवको उद्घाटनमा शैली थिएटरको नाटक ‘सुनौलो माछा’ मञ्चन हुनेछ भने हरेक दिन ३ वटा नाटक मन्चन गरिने छ ।  यस्तै दोश्रो दिन राराहिल मेमोरियल स्कुलको ’करेशा कन्सर्ट’ , जेनुइन स्कुलको ’निष्कासन’ र रिम्स स्कुलको “झगडा’ मन्चन हुनेछन । महोत्सवको तेश्रो दिन शैली थिएटरमा बालबालिका र नाटक सम्बन्धित छलफल, साहित्यिक कार्यक्रम, र खुला नाटक मन्चन जस्ता गतिविधिहरु गरिनेछ  । 

 

माघ २५ गते क्रियटिभ एकेडेमीले  ’अनमाया’ , प्रज्ञा सदन स्कुलले  ’डर’ र विनायक स्कुलले  ’काडाँ कि फुल’ मन्चन गर्नेछन भने  भोलिपल्ट दीपज्योति सेकेन्डरी स्कुलको ’बिग्रेको बिर्खे’, रिलायन्स स्कुलको ’ड्रग्स एबुयज’ र साम्तेन मेमोरियल स्कुलको ’गरिबको मृगतृष्णा’ मन्चन हुनेछन ।  यस्तै माघ २७ गते चार नाटक मन्चन हुने छन – वोर्ल्ड स्कुलको ’कति पढिस?’ , बृहस्पति बिध्यासदनको ’एक १’ ,लिभरपुल स्कुलको ’टिका’ र तारा सदन स्कुलको ’वृन्दा’ । त्यसको भोलिपल्ट गोल्डन सुनगाभा स्कुलको ’ड्याडी भर्सेस मम’ , ब्राइट जोन स्कुलको ’बहुलाकाजीको सपना’ र एम्बेसडर एकेडेमीको ’साँचो बोल्नुपर्छ’ मन्चन हुनेछ । महोत्सवको अन्तिम दिन माघ २९ गते शैली थिएटर कै नाटक ‘सुनौलो माछा’ मञ्चन हुनेछ साथै महोत्सवमा उत्कृष्ट हुनेलाइ पुरस्कार र सहभागीलाई प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।  


प्रतियोगितात्मक महोत्सव भएकाले बालबालिका उत्साहित बनाउन आयोजकले पुरस्कारका विधा पनि छुटाएको छ । महोत्सवका संयोजक सुवाश सुवेदीका अनुसार, नाटकहरूलाई मञ्चन कै अवधिमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी माघ २९ गते समापनको दिन ६ वटा पुरस्कारहरु दिईने छ ।  उत्कृष्ट अभिनय पुरस्कार दुई जनालाई रु १०००० दिइने छ भने रु ७००० उत्कृष्ट निर्देशन पुरस्कार र उत्कृष्ट नाटक पुरस्कार दिइनेछ । यस्तै प्रोत्सहान पुरस्कार र पव्लिक च्वाईस् पुरस्कार स्वरुप दुई जनालाई रु ५००० दिइने छ भने सहभागीलाई प्रमाणपत्र वितरण गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार