अग्नी सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटाविरुद्ध रिट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेका छन् ।
त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न समेत माग गरेका छन् । सापकोटालाई पक्राउ गरेर अनुसन्धान थाल्न उनले माग गरेका छन् । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
यस्तै, अनुसन्धानका लागि प्रस्तुत गर्न, लामो समयसम्म सापकोटालाई गिरफ्तार नगरेको भन्दै सम्बन्धित प्रहरीहरुलाई अदालतको अवहेलनामा कारबाही गर्न पनि रिटमा माग गरिएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस