• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

२६ वर्षीया महिलाले जन्माईन एकैपटकमा चार सन्तान

पोखरा । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रिया मार्फत चार सन्तानलाई जन्म दिएकी छिन् ।

 

हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए ।

 

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १।६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ ।

 

तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार