• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

सत्यमोहन जोशी नाटकघर भत्केको हो, थिएटर भिलेज होइन !

रंगमञ्चमा लाग्नुभएको कति भयो ?
रंगमञ्चमा लागेको दुई दशक पुग्न लाग्यो । 

 


नाटकमा तपाईको सुरुवात कसरी भयो ? कहिले तपाई लाग्यो यही क्षेत्रमा काम गर्छु भन्ने ?
मलाई सानैबाट अभिनयमा रुची थियो । स्कुलपछि मैले अभिनयको तालीम लिन थाले । बिस्तारै सिक्दै जाने क्रममा मलाई आफनो सिकाई कम भएको महशुस हुन थाल्यो । तर जब म रंगमञ्चमा जोडिन पुगे, त्यसपछि मेरो जिन्दगीको धारणा नै परिर्वतन भयो । अहिले त्यहि बिचार या भनौं मेरो धारणालाई रंगमञ्च मार्फत बाहिर ल्याउने प्रयासमा छु । रंगमञ्चको माध्यमबाट आफु र समाजलाइ बुझ्ने प्रयास गर्दैछु । 

 


नाटक गरेर के हुन्छ ? तपाईलाई आम मानिसले किन नाटक हेर्ने जस्तो लाग्छ ?
यसमा सबैको आ–आफनो दृष्टिकोण हुन्छ । किनकी समाजका विभिन्न पेशाहरु मध्य, यो पनि एउटा हो । तर मेरो लागी, जब म ऐना अगाडि एक्लै नांगो भएर उभिन्छु, त्यो ऐना भित्र आफुसँगै समाज र प्रकृति पनि ठिङ्ग उभिने भएकाले म नाटक गर्छु । नाटक त्यस्तो शान्त सागर हो जसले समाज र त्यसभित्रका अलिखित र अदृश्य आयामहरुलाई चलायमान गर्छ । तसर्थ आफनो अनुकुल मिलेसम्म नाटक मात्र होइन, कलासँग जोडिएका सबै बिधाहरुसँग केही सम्बन्ध जोड्न अनुरोध गर्छु । 

 


कहाँ पुग्यो थिएटरको काम ? बन्ला त थिएटर भिलेज ?     
थिएटर भिलेज कहिले भत्केन । सत्यमोहन जोशी नाटकघर भत्केको हो, थिएटर भिलेज त अहिले पनि छ । हामीले अहिले एउटा सानो ठाउँ भाडामा लिएर थिएटरका कामहरु नीरन्तर गरिरहेका छौं ।  थिएटर केन्द्र चाडै नै शुरु हुन्छ भनेको पनि धेरै नै भयो तर पनि फेरी त्यहि नै भन्छु, चाडै  नै शुरु हुन्छ । 

 


तपाईले नाटकमा अभिनय गरेको खासै देखिदैन,नाटकमा अभिनय गर्न मन लाग्दैन कि चान्स   नपाएको ?
मैले अभिनयमा चान्स नपाएको होइन । अहिले पढाउने र निर्देशनको काममा नै धेरै व्यस्त छु । साथै एउटा कुशल अभिनेतामा  हुनुपर्ने तयारी पनि म सँग छैन । तर भविष्यमा, पुर्ण तयारी गरेर अभिनयमा पनि देखिन मन छ । 

 

आफैंले नाटक निर्देशन गरेर नाटक चलाउन कत्तिको सजिलो छ ?
धेरै नै गाह्रो छ । 


पुरानो रंगकर्मी कसको कामबाट तपाई धेरै प्रभावित हुनुहुन्छ ?
म धेरै रंगकर्मीहरुबाट प्रभावित छु । तर नयाँ रंगकर्मीहरुबाट अझ धेरै सिक्छु । 

 


रंगकर्मीहरुको कुनै गुट वा संगठन छ ?
मलाई गुट र संगठन फरक कुरा हो जस्तो लाग्छ । 

 


केही महिना अघि रंगमञ्चमा महिला रंगकर्मीहरुमाथी यौन दुरव्यवहार गरेको भनेर केही रंगकर्मीहरुलाई आरोप लगाइयो, के यो गुटले गर्दा हो त ?
यो अत्यन्त संवेदनशील कुरा हो । म यसलाई सजिलै सामान्यिकरण गर्न चाहन्न । 

 


विश्व बजारमा हाम्रो कला  साहित्य परिचित हुन नसकेको हो ?
हाम्रो कला साहित्य विश्व बजारमा परिचित हुँदै नभएको होइन तर जति हुनुपर्ने त्यति भएको छैन । 

 


रंगमञ्चलाई सरकारले त्यति चासो नदिएकोे हो ?
यसमा सरकारलाई मात्र गाली गर्न मिल्दैन । तर सरकारले रंगमञ्च प्रतिको आफनो दायित्व बढाउनु पर्छ ।  

 


नाटक मै लागेर जिन्दगी धान्न सकिन्छ ?
गाह्रो छ तर असम्भव पनि छैन । 

 


अहिले रंगकर्मीमा नाटक निर्देशन गर्ने होडबाजी चलेको छ, के भन्नुहुन्छ ?
हामीले गुगल र युटुवमा समुन्द्रको फोटा भिडियो जति हेरेपनि, त्यसको बारे जति अनुसन्धान गरेपनि पौडी खेल्न वा सिक्न पानीमा नै हामफाल्नु पर्छ । हाम्रो पेशा पनि त्यहि हो । कुनै कुरा परिक्षण र गल्ती नगरी सिकिदैन । तर पनि अलिकति अध्ययन तथा अनुभव वटुलेर आउनु राम्रो ।  कहिलेकाहीँ नयाँहरुबाट झन् ओर्गानिक र नयाँ प्रयोगका कामहरु निस्कन्छ ।  

 


वर्कशप पनि चलाउँदै हुनुहुन्छ, कस्तो छ तयारी ? 
अलि अलि आफुले जानेको र आफुसँग भएका कुराहरु अरुलाई बाँडौँ भनेर हो । वर्कशपको तयारी राम्रै चलिरहेको छ । आफुसँग भएको भनुभवको हिसाबले सिकाउने कुराहरुमा हामी सम्झौता गर्देनौं ।

 


अन्तमा तपाई अलि लजालु र धेरै नबोल्ने रंगकर्मी पर्नुहुन्छ रे ? के यो साँचो हो 
हो, म अलि कम नै बोल्न रुचाउँछु । 

 

प्रस्तुति : सुकृत नेपाल

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार