• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

नाटकमा आमाहरुको कथा 

काठमाडौं । नेपाली मुलका नागरिकले विदेशमा भोग्ने पीडा हो नाटक रुवा । नेपालमा भोगेको पन्चायती शासन ब्यवस्था, भारतको आसामबाट लखेटिएका नेपालीको कथालाई नाटक 'रुवा' मा सात महिलाहरुको अभिनयद्वारा शसक्त रुपमा देखाइएको छ। नाटक  चे शंकरले लेखेका हुन भने प्रकाश दाहालले यसलाई निर्देशन गरेका हुन । 

 

सात आमाहरुको अनुभवका आधारमा उनीहरुले विदेशमा भोगेको जीवन कथालाई नाटकमा उठान गरिएको छ। आकाश गड्याङ्गुडुन सगै सडक दुर्घटनाको आवाजबाट सुरु भएको नाटकको शुरु मनिषा सिटौलाले प्रमुख पात्र सपनाको मृत्युको घटना सुनाए सगै हुन्छ। सपना (शान्तादेवी पौडेल) र उसका साथीहरुको रमाइलो  बाल्यकाललाई नाटकमा भिन्न ढंगबाट प्रस्तुत गरिएको छ ।  

 

भारतको आसामबाट लखेटिएका नागरिकको कथा हो रुवा।  पन्चायती शासनको विरुद्ध आवाज उठाएका ब्यक्तिले भोग्नु परेको पीडा र प्रशासनको बर्बरतालाई नाटकमा देखाइएको थियो । नाटकमा पन्चायतीकालमा घटेका घटनालाइ उठान गर्न खोजिएको भएपनी शसक्त रूपमा भने उठान गरिएको पाइएन। देशभित्र पनि शासन ब्यवस्था र विभिन्न पारिवारिक समस्याले गर्दा सपना लगायत उसका साथी विदेश गएको र त्यहाँ भोगेको ताडनालाइ देखाउन खोजिएको छ ।

 

 

धेरै बिषयबस्तुलाइ छुन खोजेको हुँदा पहिलो पटक नाटक हेर्ने दर्शकका लागि नाटक अस्पष्ट हो कि भन्ने भान हुन्छ ।  नाटकमा अभिनय गर्ने महिलाहरुको पहिलो पटक रंगमञ्चमा प्रस्तुति भएका कारणले पनि अभिनयलाइ अनुभवका आधारमा अब्बल मान्न सकिन्छ। ७२ बर्षिया माया सिटौलाको अभिनयको जोशले दर्शकलाइ चकित बनाउँछ। नाटकमा पात्र अनुसार सबैले आफ्नो चरित्रलाइ न्याय गरेका छन्।

 

प्रहरी, इजरायली बूढो, इजरायली बुढी, साथिहरु, बुवा, आमा सबैको चरित्रले नाटकले जिवन्त रुप दिएको छ। इजरायली भाषाको पनि प्रयोग भएका कारण दर्शकलाई भाषा बुझ्न कठिन नभएको भने होइन।  

 

 

नेपाली लोक संस्कृतिले बिदेशीलाई पनि लोभ्याउन सक्छ भन्ने विषयलाइ नाटकमा उठान गरिएको छ। नाटकको ब्यवस्थापन ९लाइट,मन्च० लाई परिवेश अनुरुप राम्रै थियो। नाटकमा पात्रहरुको भने प्राविधिक९भेषभुषा, डाइलग पक्षमा कमीकमजोरी भएको महशुस हुन्छ।  

 

नाटकले नेपाली संस्कृति , राजनीतिक घटनाक्रम, वैदेशिक पीडा, राजनीतिक परिवर्तन , महिला हिंसा, बालमनोबिज्ञान , सडक दुर्घटना जस्ता शशक्त र जीवन्त विषयवस्तुको उठान गरेको पाइन्छ। 

 

साउन १५ देखि २२ सम्म झापाको बिर्तामोड -२ चारपानेमा मन्चन भएको नाटक 'रुवा'  मा ७२ वर्षीया माया सिटौला, ६२ वर्षीया शान्तादेबी पौडेल, ५१ वर्षीया मेनुका घिमिरे, ५५ वर्षीया मुना उप्रेती, ४६ वर्षीया कमला संग्रौला, ५५ वर्षीया गोमा बिमली र ३२ वर्षीया मनिसा सिटौला लगाएतको कलाकारहरुको अभिनय रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार