• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

कब्जियत र खानपान

काठमाडौं ।कब्जियत आम नेपालीको समस्या हो । असन्तुलित जीवनशैलीका कारण कब्जियतको समस्या दैनिकजसो बढ्दो छ । तयारी खानेकुरा, भुटेका, तारेका चीजको प्रयोग नै कब्जियतको मुख्य कारक भएको बताउँछन् डाक्टरहरु । लामो समयसम्म औषधीको सेवन गर्नेहरुलाई पनि कब्जियतको समस्या हुने गर्छ ।


खाली पेट नै दिन बिताउने र पाएको बेला अधिक खानाले पनि समस्या झन् बढ्ने हुन्छ । बदलिँदो जीवनशैलीका कारण पनि कतिपयको भान्सामा मसलेदार र स्वादले भरिएका खानेकुराले धेरै ठाउँ पाउन थालेको छ । जुन हाम्रो स्वास्थ्यका लागि लाभदायक मानिदैँन । स्वादको पछि लाग्दा त्यसले हाम्रो स्वास्थ्यमा कस्तो असर गरेको छ भन्ने कुरा हामीले भुलेका हुन्छौं ।  


कसरी पाउने यसबाट छुट्कारा 

पानी प्रशस्तै पिउने,
 खानामा सागपात, मौसमी तरकारीको प्रयोग बढाउने


 धेरै पोलिस नगरिएका खाद्यान्नको प्रयोग गर्ने, 
 भान्सामा मैदाभन्दा पनि चोकरयुक्त आँटाको प्रयोग गर्ने,

 तनाव कम गर्ने,
 सकेसम्म औषधीहरुको प्रयोग कम गर्ने,


 मौसमअनुसारको फलफूल जस्तैःनासपाती,क्राक्रो,मेवालाई आफ्नो खाजा, खानामा समावेश गर्ने
 बोक्रासँगै पकाएको दाल प्रयोग गर्ने 


 दलिया, मकैको भात खाने, 
 बेलुकाको भोजनमा सकेसम्म अन्न गेडागुडी नखाने ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार