झापाको परिवर्तन थिएटरमा एन्जलको ‘अविराम’
संस्कृति रिजाल,झापा । समाज, सामाजिक यथार्थ, सामाजिक दृस्टिकोण, सामाजिक परिवेश र सिंगो सामाजिक चरित्रलाई नाटक ‘अविराम’ ले उदाङ्गो पारेको छ । यो नाटक युवा रंगकर्मी एन्जल खडकाले लेखन तथा निर्देशन गरेका हुन ।
नाटकमा कलाकारहरुले समाजको गम्भीर बिषयमा अभिनयका मार्फतबाट सामाजिक चरित्रलाइ उजागर गरेका छन। नाटकमा जातियताको कथा, पीडा या ताडना जे भनौ त्यसलाइ कलाकारहरुले जिवन्त ढंगबाट प्रस्तुत गरेका छन।
कलाकारहरुको अभियन अव्वल छ । नाटक हेरिरहँदा दर्शकले प्रत्येक मिनेट आफुलाई फरक पात्रको रुपमा पाउँछन् । दर्शकहरुलाई यो नाटक मात्र नभएर यथार्थ हो भन्ने आभाष हुन्छ । सामान्य गाउँले जीवनको चरित्र उठान गरेर तयार पारिएको नाटक ’अविराम’ मा समाजका जटिल विषयहरुको चित्रण गरिएको छ ।
हामीले शताब्दी देखि भोगेको नेपाली समाजको जातीय छुवाछुत जस्तो जघन्य अपराध र त्यसले समाजमा पार्ने असर, मनमुटाव, पारिवारिक बिछोड, प्रेम बिछोडलाइ देखाएको छ । नाटक हसाउने र रुवाउने दुबै चिजले भरिएको छ । कुनैबेला दर्शक पेट मिचिमिचि हास्छन् भने कुनबेला उनीहरु आँखाबाट आँसु पनि झर्छ ।
समाजमा सामान्य लाग्ने जातिय घटना, नाटक हेरिरहदा जटिल सगै पात्रको जिन्दगी आफू भोगिरहेको भान हुन्छ । विभिन्न हेपाइ, पीडा सहेर बसेका मान्छेको वास्तविक कथा नाटकमा प्रस्तुत गरिएको छ । सामाजिक रुपमा दलित समुदाय समाजको जटिलता छिचोलेर अवसर सम्पन्न हुन नसकिरहेको या समाजले नदिइरहेको अवस्थालाइ नाटकमा प्रस्तुत गरिएको छ ।
समाज, वर्ण, जात,वर्गका कारण अन्तरजातीय विवाहमा हुने जटिलता नाटकमा पाउन सकिन्छ। नाटकमा पीडा, दुख , बेदना सगै प्रेमका रोचक दृश्यहरु पनि देखाइएको छ । एक घण्टा दस मिनेटको नाटक निर्देशनमा युवा रंगकर्मी एन्जल खड्काको अब्बलता देख्न सकिन्छ । नाटक मन्चन भईरहँदा, परिवेश अनुसारको व्यवस्थापन (जस्तै लाइट, मन्च, संगित) नाटकमा पाउन सकिन्छ । व्यवस्थापन, निर्देशन र अभिनयका कारणले नयाँ शैलिको प्रस्तुतीकरण भएकाले नाटक राम्रै बनेको देखिन्छ ।
एन्जल खड्का, कविता नेपाल, अभिषेक गर्तौला, गणेश बस्नेत, अनिश वस्नेत, शिशिर चम्लागाई, लोमश पौडेल , सजिता तामाङ र प्रतिक्षा आचार्यको नाटकमा अभिनय रहेको छ । नेपथ्यमा राहुल ठाकुर र पुजा आचार्यले प्रकाश र संगीतमा राम्रो र काम गरेका छन् । परिवर्तन थिएटर काकडभिट्टामा गत शुक्रवार देखि शुरु भएको नाटक १८ श्रावनसम्म मञ्चन हुनेछ ।
तस्विरः रामचन्द्र पौडेल
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस