• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

पूर्वशिक्षामन्त्री धनिराम पौडेलको हृदयघातबाट निधन

काठमाडौं । पूर्वशक्षामन्त्री धनिराम ९डीआर० पौडेलको आज बिहान हृदयघातबाट निधन भएको छ । उनी सत्तारुढ दल नेकपाका केन्द्रीय कमिटी सदस्य समेत हुन् ।   

 

चितवनको माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनलाई बिहान ७ बजे माडीस्थित बघौडा अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनको निधन भएको जानकारी दिएका हुन् ।

 

पौडेल संविधानसभामा सदस्य थिए। नेकपाका केन्द्रीय सदस्य पौडेल तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत रहेका थिए । 

 

पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु चितवन जाने कार्यक्रम रहेको बताइएको छ ।अहिले उनको शव बघौडा अस्पतालमा रहेको छ । 

 

एकता केन्द्र मसाल नारायणकाजी समूहबाट २०६५ साल मंसिरमा माओवादी केन्द्रमा मिसिएका थिए। प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा सोही क्याविनेटमा शिक्षामन्त्री थिए । उनका दुई छोरी र श्रीमती छन्।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार