• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
देश/प्रदेश

मोरङ र सुनसरीमा शंकास्पद वस्तु फेला

इटहरी । मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बमको आशंका गरिएको छ।  

 

सोमबार बिहानै फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ । प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरी टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको विशेषज्ञ टोलीलाई खबर गरेर उक्त कुकर बम निस्कृय बनाएको हो । केहीबेर अघिमात्र सेनाको टोली बम निस्कृय बनाएर इटहरी फर्किइसकेको छ । बम फेला पारेपछि राजमार्गमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाइएको छ । 
 

यता, मोरङको बुढीगंगा गाउँपालिका १ को कोशी राजमार्गमा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् । सुरक्षाका कारण त्यो स्थानमा  प्रहरीले आवातजावतमा रोक लगाएको छ  ।

 

प्रेसर कुकर जस्तो वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरी टोलीले बम भएको हुनसक्ने आशंकामा आर्मीको विशेषज्ञ टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार