• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

आन्दोलनरत नर्स र अस्पतालबीच १० बुँदे सहमति, तोडियो अनसन

काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएको छ ।

 

यो सहमितसँगै १० दिनदेखि आमरण अनसनमा बसेका दुई जना नर्सले अनसन तोडेका छन् । उनीहरुको स्वास्थ्य अवस्था निकै कमजोर भएको र सरकारले वास्ता नगरेको भन्दै चौतर्फी दबाब भएपछि आज १० बुँदे सहमति भएको हो । अनसनरत दिक्की शेर्पा र जिता बरालले अनसन तोडेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र आन्दोलनरत नर्सका तर्फबाट रविता सितिखु, प्रविना कार्की र सजना देउलाबीच १० बुँदे सहमति भएको छ ।

 

दुई पक्षबीच केन्द्रमा करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई स्थायी गर्न स्वास्थ्य मन्त्रालयबाट प्राप्त नियमावलीको आधारमा सुरुमा प्राविधिक तर्फका पदहरुको विज्ञापन गरी परीक्षा सञ्चालन गर्न र प्रशासन तर्फको विज्ञापन तथा परीक्षाको लागि सम्बन्धित नियकालाई अनुरोध गर्ने, केन्द्रका लागि आवश्यक विभागहरु आइसियु तथा युरोलोजीमा लोक सेवा आयोगको परीक्षा सञ्चालन हुनु अगावै स्थापना गरी सेवा विस्तार गर्ने त्यसपछि कार्डियोलोजी, हेपाटोलाजी विभागलाई पनि क्रमिक रुपमा स्थापना गर्दै जाने, प्राविधिक तथा प्रशासनिक तर्फको परीक्षामा उमेर लगायत अन्य कुनै कारणले करारमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीले नियुक्ती नपाएमा विस्तारित विभागहरुमा खाईपाई आएको करार नियुक्तीलाई निरन्तरता दिने लगायतका सहमति भएको छ।

 

पटक पटक आन्दोलन र धर्ना बस्दा समेत समस्या समाधान गर्न नर्सिङ संघ र अस्पताल प्रशासनले पहल नगरेको भन्दै गत शुक्रबारबाट संघ र अस्पताल परिसरमा नर्सहरुले आमरण अनसन सुरु गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार