• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

अब मोटेहरुको सौन्दर्य प्रतियोगिता हुने

काठमाडौं । धेरै युवाहरु शरिरको मोटोपना बढ्दा चिन्तित देखिन्छन् । अब चिन्ता लिनु पर्दैन । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ ।  नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ ।

 

मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ ।

 

आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिनेछ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।

 

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ । बैशाख २ गतेबाट ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य प्रारम्भ हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार