• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

तेस्रो लिङ्गी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक 

काठमाडौं । कलाकार, सामाजिक अभियन्ता तथा तेस्रोलिङ्गी–समलिङ्गी समुदायकी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक भएको छ ।

 

‘भूमिका’–तेस्रो लिङगीको आत्मकथा’ नाम दिइएको पुस्तक शुक्रबार एक समारोहबीच विमोचन गरियो ।

 

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तकलाई नायिका रेखा थापा, नायक रमेश उप्रेती, पूर्व मिस नेपाल माल्भिका सुब्बालगायतले सामूहिक रुपमा विमोचन गरे ।

 

पूर्व मिस नेपाल माल्भिका सुब्बाले भूमिकाको पुस्तकले सिङ्गो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज बोकेर आएकोमा प्रशंसा गरिन ।

 

नायिका रेखा थापाले फरक पहिचान भएका आधारमा हिजो भूमिका जस्ता समुदायलाई अपमान गर्नेहरु आज प्रशंसा गर्ने दर्शक बढेकोमा खुशी ब्यक्त गरिन । उनले भूमिका जस्तो साहसी तेस्रोलिङ्गी जन्म दिने आमाप्रति श्रद्धा ब्यक्त गरिन ।

नायक रमेश उप्रेतिले समाजलाई सचेत गराउने र समाज निर्माण गर्ने भूमिकाको साहसप्रति कदर गर्दै लिङ्ग गौंण विषय हो भने ।

 

पुस्तकमाथि समिक्षा गर्दै साहित्यकार अश्विनी कोइरालाले तेस्रोलिङ्गी÷समलिङ्गी समुदायको अधिकार प्राप्तीको आन्दोलनलाई पुस्तकले उचाइ दिएको बताए ।

 

निलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले हिजो रत्नपार्कको सडकमा भेटिएकी भूमिका कोपिला थिइन आज फुल बनेर फक्रिएकोमा खुशी ब्यक्त गरिन । उनले भूमिका पुस्तकले समुदायको आवाजलाई राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय स्तरमा लैजान मद्दत पुगेको बताइन ।

 

पुस्तकमा फरक पहिचान बनेर जीवनमा भोगेका कथाव्यथाहरु समेटिएकाले पढेर सुझाव दिन भूमिका श्रेष्ठले आग्रह गरिन ।

 

कार्यक्रममा पुस्तकका सम्पादक पदम श्रेष्ठ, घोस्ट राइटिङ नेपालका कमल ढकालले आफ्नो बिचार राखे ।

 

कार्यक्रमकै बीच भूमिका श्रेष्ठको जन्मदिन पनि मनाइएको थियो । जन्मदिनमा भूमिकाकी आमाले केक काटेर खुवाएकी थिइन ।

 

२४० पृष्ठको पुस्तकमा ३४ शिर्षकमा भूमिकाको आत्मकथा समेटिएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार