• मंगलबार १-२५-२०८१/Tuesday 05-07-2024
देश/प्रदेश

नेपाली भूभाग अतिक्रमणको विरोध गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन

काठमाडौं । ७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन मानव अधिकार तथा शान्ति समाजले भारतले गरेको  नेपाली भूभाग अतिक्रमण बिरुद्ध काठमाण्डौ लैनचौरस्थित भारतीय दुतावास अगाडी प्रदर्शन गरेको छ ।

 

भारत हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल भारत मैत्री अमर रहोस लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

 

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, उपसभापति रेनुका पौडेल, सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल पौडेल, श्यामप्रसाद लामिछाने, काठमाण्डौँ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।

 

यसैगरी भारतीय अतिmत्रमणको विरोध गर्दै शान्ति समाजका जिल्ला शाखाहरुले अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन देशका विभिन्न जिल्लामा प्रदर्शन समेत गरेका छन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार