• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
रंगमञ्च

रुद्रप्रसादको हराएको झोलाको कथा नाटक 'झोला हराएको मान्छे'

काठमाडौं । 'झोला हराएको मान्छे' मण्डला थिएटरमा मञ्चन हुने आगामी नाटकको नाम हो । लोपोन्मुख लज्जावती झारमा आधारित यस नाटकमा विदेशीन बाध्य युवा पुस्ताको मनोदशा उजागर गर्न खोजिएको छ ।  

 

नेपालको पुर्वी पहाणी जिल्ला भोजपुरबाट विदेश जान भनेर आएको रुद्रप्रसाद पोखरेलको काठमाडौं झरेपछि झोला हराउँछ । त्यही झोला खोज्ने क्रममा के कस्ता समस्याहरु आइपर्छन भन्ने कुरालाई नाटकको कथामा देखाउन खोजिएको छ ।  कथाले झोलामा सपना बोकेर आफ्नो घर, गाउँ, देश छोडेर विदेशीन बाध्य युवाहरुको बाध्यतालाई उजागर गर्ने प्रयास गर्छ । 

 

विद्यमान देशको परिस्थिति हेर्दा हरेक दिन सयौँ युवाहरु वैदेशिक रोजगारीका शिलशिलामा झोलामा सपना बोकेर विदेशिन बाध्य छन् । तीनै युवाहरुको कथा हो 'झोला हराएको मान्छे ।' कथाको पृष्ठभूमि २०७० साल ताकाको हो, देशमा राजनीतिक अस्थिरता कायम थिय‍ो, सिनेमा हलहरुमा नेपाली कथानक चलचित्र छडके चलेको थियो। त्यहिबेला नेपालको पुर्वी पहाडी जिल्ला भोजपुरबाट विदेश जान भनेर रुद्र प्रसाद पोख्रेल काठमाडौं आउँछ तर अकस्मात उसले झोला हराउँछ। त्यही हराएको झोलामा घुमेको छ, नाटक ।

 

क्याप मोशन पिक्चर्स र एम्प्टी स्ट‍म्याक क्रियशनको संयुक्त प्रस्तुती रहेको नाटकलाई स्लिम जीवनले लेखेका हुन ।   दिपेन्द्र शाहिको निर्देशन रहेको नाटकमा  सुनिसा बजगाईं, चन्द्र नेपाली, बिकाश लामा, सन्जित प्रताप मल्ल, नविन चन्द्र अर्याल, गणेश पौँडेल (ताण्डव), जयराम ढकाल, स्लिम जीवन, विशाल श्री, आनन्द महत, मोहन राई, सबिना थापा, अरुण सिंह पौँडेल, सन्जिप योगी, मणि पौँडेलको  अभिनय रहेको छ । 

 

नाटक यही मंसिर २४ देखि पौष १७ गतेसम्म अनामनगर स्थीत मण्डला थिएटरमा मञ्चन हुँदैछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार