सामाजिक विकृति माथीको व्यग्यं ‘हुटहुटी’
काठमाडौं । अन्जु पण्डित अनुद्धारा लिखीत कविता संग्रह हुटहुटी सार्वजनिक भएको छ ।
पूर्व प्रदेश प्रमुख एवं माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नारी अभियन्ता तथा स्रष्टा राधा पौडेल, प्रभा भट्टराई, प्रा.अम्मराज जोशी, प्रा. धनप्रसाद पण्डित लगायतले कृतिको लोकार्पण गरेका थिए ।
पुस्तकमा सामाजिक विकृति माथिको व्यग्यं रहेको स्रष्टा पौडेलले बताइन । लेखक पण्डितले सामाजिक,सांस्कृतिक र महिला माथि हुने विभेद लगायतका विषयलाई समेटेर लेखिएको कविता संग्रह बजारमा ल्याएकी हुन ।
लेखक पण्डितले आफ्नो दैनिक जिवन यात्रामा देखेका भोगका परिस्थितीहरुलाई आफुले कविताको आकार दिएको बताएकी छन् । कविता संग्रहमा ४३ वटा कविता समावेश छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस