• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

सामाजिक विकृति माथीको व्यग्यं ‘हुटहुटी’ 

काठमाडौं । अन्जु पण्डित अनुद्धारा लिखीत कविता संग्रह हुटहुटी सार्वजनिक भएको छ  ।

 

पूर्व प्रदेश प्रमुख एवं माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नारी अभियन्ता तथा स्रष्टा राधा पौडेल, प्रभा भट्टराई, प्रा.अम्मराज जोशी, प्रा. धनप्रसाद पण्डित लगायतले कृतिको लोकार्पण गरेका थिए ।

 

पुस्तकमा सामाजिक विकृति माथिको व्यग्यं रहेको स्रष्टा पौडेलले बताइन । लेखक पण्डितले सामाजिक,सांस्कृतिक र महिला माथि हुने विभेद  लगायतका विषयलाई समेटेर  लेखिएको कविता संग्रह बजारमा ल्याएकी हुन ।

 

लेखक पण्डितले आफ्नो दैनिक जिवन यात्रामा देखेका भोगका परिस्थितीहरुलाई आफुले कविताको आकार दिएको बताएकी छन् ।  कविता संग्रहमा ४३ वटा कविता समावेश छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार