• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
देश/प्रदेश

बलात्कार आरोपी अखिल नेता इन्द्रहाङ राई थुनामा

काठमाडौं । अनेरास्ववियु केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको छ।

 

बिहीबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईको बयान र थुनछेक बहसपछि उनलाई थुनामा पठाएको हो । उनी विरुद्ध सात देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ । 

 

राईले गत कात्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो। पीडित किशोरीले प्रहरीलाई प्रारम्भिक बयानमा भनेकी छन्, ‘काम छ, आउन भन्दै राईले बोलाएर आफूलाई बलात्कार गरे ।' 

 

उनले काठमाडौंको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको थियो। पीडितले उजुरी गरेपछि राई पक्राउ परेका थिए। उनी आर आर क्याम्पस स्ववियु सहसचिव समेत हुन्। बलात्कार आरोप पछि उनलाई दुवै पदबाट निलम्बित गरिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार