• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
मनोरञ्जन

फ्राइडे रिलिज : ‘सम्हाली राख है’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट आरएल मोक्तानको निर्देशन रहेको चलचित्र ‘सम्हाली राख है’ प्रदर्शनमा आएको छ।

 

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको चलचित्र तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् ।

 

श्यामकृष्ण महर्जन सह निर्माता रहेको चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।

 

शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक आर एल मोक्तानकै पटकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् ।

 

चलचित्रमा काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य  समेटिएका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार