• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

निदान अस्पतालका सिइओ सहित पाँचजना कारागार चलान

काठमाडौं । मृगौला प्रत्यारोपण गरेको आरोपमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ) सहित पाँच जनालाई कारागार चलान गरिएको छ । मानव बेचविखन मुद्दामा पाँचै जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी गोविन्द थपलियाले बताए ।

 

उनीहरुलाई मानव बेचविखन तथा ओसारपसरा ऐन अन्तर्गत अनुसन्धान गरी कारबाही प्रक्रियाअघि बढाइएको हो । उनीहरुमाथि नाता नपर्ने व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप छ। मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा-३ का शंकर लामा योञ्जन हुन्।

 

अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई अदालतको आदेशपछि कारागार चलान गरिएको हो ।

 

प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले उनीहरुलाई गत असोज २९ गते पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार