• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

डा.केसीले दिए ७ बुँदे माग सहित अनसन बस्ने चेतावनी

काठमाडौं । डा.गोविन्द केसीले आफूसँग यसअघि भएका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने लगायतका माग पूरा नभए पुनः सत्याग्रह सहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

 

डा.केसीले विगतमा गरेका सम्झौता पालनका लागि माग गरेका छन्। डा केसी अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको रकम विद्यार्थीलाई फिर्ता गर्नुपर्ने माग छन् । आज आफ्ना ७ बुँदे माग सार्वजनिक गर्दै केसीले उक्त चेतावनी दिएका हुन् । आतइबार एक प्रेस विज्ञप्ति जारी गर्दै केसीले ऐन संशोधनसहित सात बुँदे माग अघि सारेका छन् ।

 

उनले आन्दोलरत विद्यार्थीका माग पूरा गर्दै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सबै रकम फिर्ता गर्नुपर्ने र दोषी मेडिकल कलेजलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएस लगायतका कार्यक्रम सुरू गर्न केसीले माग गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार