सवारी साधनको कर बढ्यो, अब कार तथा मोटरसाइकलको मूल्य बढ्ने
काठमाडौं । आर्थिक बर्ष २०७५/०७६ को संघीय बजेट अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गरेका छन् ।
डा. खतिवडाले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् ।
बजेट मार्फत सवारी साधनको अन्तःशुल्क पनि बृद्धि गरिएको छ । निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको हो ।
बजेटमार्फत १ हजार सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।
अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिने बताइएको छ ।
घरजग्गा कारोबारमा कर नलाग्ने रकमको सीमा ३० लाख रुपैयाँबाट १० लाख रुपैयाँमा घटाइएको छ।





प्रतिकृया दिनुहोस