• सोमबार २-१८-२०८३/Monday 06-01-2026
डबली

प्रेमभाव

जसलाई मैले चाहेँ,उसले मलाई चाहेन
मेरो चाहना राख्नेले पनि मलाई पाएन।

 

लुकी-लुकी मेरो तस्बिरको सङ्गालो बनायो
निम्तो कोरियो सङ्गीतमा,चाहनेले गाएन।

 

म उसलाई कुरिरहेँ,उसले मलाई कुरिरह्यो
नदीका दुई किनारझैँ दुई मन समाएन।

 

निर्दयी रहेछ दैव पनि,बोल्ने आँट दिएन
खुलासा गर्छु,एक्लो छु,कुनै प्रेमले छाएन।

 

खुला किताबको पाना हुँ,आएर नाम कोर्नू
मैले चाहनेले नै मेरो आभास जमाएन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार