• आइतबार ४-१७-२०८३/Sunday 08-02-2026
देश/प्रदेश

‘विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य’ विषयक प्रशिक्षण जारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले विपद्को समयमा भावनाले मात्र नभई दक्ष सीप र क्षमताका आधारमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन ।

 

 कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्य’ विषयक प्रशिक्षण कार्यक्रममा थापाले यस्तो बताएका हुन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राजनीतिक नेतृत्वमा करुणा अनिवार्य गुण भएको बताउदैं उनले भने  “ज्ञानमा आधारित जनशक्तिले मात्र कठिन परिस्थितिमा सही ढङ्गले सहयोग पुर्‍याउन सक्छ ।” उनले थपे, “कांग्रेसको यो नयाँ अभियानमार्फत सेवा भावका साथै प्राविधिक क्षमता विकास गर्न म सहभागीहरूलाई आह्वान गर्दछु ।”

 

सोही अवसरमा पार्टीका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विपद्का बेला उद्धार कार्यमा पार्टीपंक्ति अझ बढी सक्रिय हुनुपर्ने बताए । 

 

साउन १६ देखि १८ गतेसम्म चल्ने उक्त प्रशिक्षणमा ४० भन्दा बढी युवाहरूको सहभागिता रहेको छ। प्रशिक्षणमा विपद् व्यवस्थापन विज्ञहरू तीवेन्द्र बाँस्कोटा, भोजराज घिमिरे, पिताम्बर अर्याल, पूजा शाक्य, राम भट्टराई र लक्ष्मण मालीले प्रशिक्षण दिएका छन ।

 

कार्यक्रम संयोजक मानबहादुर थापाका अनुसार प्रशिक्षणमा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै विपद्का बेला अपनाउनुपर्ने व्यावहारिक अभ्यासहरूसमेत गराइने छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार