• आइतबार ४-१७-२०८३/Sunday 08-02-2026
देश/प्रदेश

जलवायु परिवर्तन, विकास आयोजना तथा प्राकृतिक स्रोतको उपयोगबारे प्रशन गर्दै महिला

काठमाडौं। अधिकारमा आधारित संरक्षणका लागि संस्थागत सहकार्य सुदृढीकरण’ विषयक राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ ।

 

नेपालमा आदिवासी महिलाको अधिकार संरक्षण, न्यायमा पहुँच तथा राज्यका निकायबीचको संस्थागत समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण, लैङ्गिक समानताका बारेमा बोल्नु भएको थियो ।


जलवायु परिवर्तन, विकास आयोजना तथा प्राकृतिक स्रोतको उपयोगसँग सम्बन्धित निर्णय प्रक्रियामा समेत आदिवासी महिलाको सहभागिता कमजोर  रहेको सहभागीहरुले बताए ।

 

संस्थाकी अध्यक्ष एवं अधिवक्ता इन्दिरा शिरीषले कार्यक्रमबाट प्राप्त सुझावहरूलाई आगामी नीति निर्माण, कानुनी सुधार, संस्थागत समन्वय तथा अधिकारमा आधारित संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसमक्ष सिफारिसका रूपमा प्राप्त सुझाव समेत पेश गरिने जानकारी दिइन ।

 

आदिवासी महिलाले भाषा, आर्थिक अवस्था, भौगोलिक दूरी तथा कानुनी सचेतनाको अभावका कारण राज्यबाट उपलब्ध सेवा र न्याय प्रणालीसम्म सहज पहुँच पाउन नसकेको सहभागी महिलाहरुले गुनासो गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार