• सोमबार ४-११-२०८३/Monday 07-27-2026
खेलकुद

ब्राजिल र मोरक्को बराबरीमा

काठमाडौं । फिफा विश्वकपको उपाधि दावेदार ब्राजिल समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको छ ।

 

अमेरिकाको न्युजर्सी रङ्गशालामा आइतबार बिहान भएको  खेलमा ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकियो । खेलमा सुरुवाती मोरक्कोले २१औँ मिनेटमा लिएको थियो । मोरक्कोका लागि स्ट्राइकर इस्माइल साइबारीले गोल गरेका थिए । 

 

३३औँ मिनेटमा  भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै ब्राजिललाई खेलमा फर्काए । ब्रालिका लागि ५०औँ खेल खेल्नुभएका उहाँले विपक्षी रक्षापङ्तिलाई छक्क्याउँदै गोल गरेका थिए।

 

दोस्रो हाफमा मोरक्कोले बलमा पकड जमाए पनि गोल थप्न नसक्दा समूह ‘सी’ मा दुवै टोलीले एक एक अङ्क बाँडे । यस्तै यही समूहको अर्को खेलमा स्कटल्यान्डले हाइटीलाई १–० गोलले स्तब्ध बनायो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार