• शनिबार २-९-२०८३/Saturday 05-23-2026
मनोरञ्जन

हलमा दुई नयाँ नेपाली चलचित्र

काठमाडौं । शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका  दुवै फिल्म देशभर एक–अर्कासँग भिड्दै रिलिज भएका हुन् । दुबै चलचित्र एकसाथ रिलिज भएका हुन । 

 

‘काजी’ भर्सटाइल अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म हो । ‘क्लासिक लभस्टोरी’ बताइएको यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

 

फिल्ममा विपिनका अलावा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्याललगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार