प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उनलाई लाई पद तथा गोपनीयताको शपथ गराएका हुन।
प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह,सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो । नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलवार नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।
सिंहदरबारमा मंगलवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश डा शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस