• बिहीबार १-३१-२०८३/Thursday 05-14-2026
देश/प्रदेश

युवालाई हरेक तहका निर्वाचनमा आकर्षित गर्न सबै पक्ष जिम्मेवार

काठमाडौं ।  महिला सेवा  संस्था नेपालले निर्वाचन पर्यवेक्षण प्रतिवेदन निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीलाई बुझाएको छ । 

 

 आयोगका कार्यवाहक प्रमुख  भण्डारीले  निर्वाचन पर्यवेक्षणमा सस्थाले खेलेको भूमिकाबारे बोल्दै युवाहरूलाई  हरेक तहका निर्वाचनमा आकर्षित गर्न र उनीहरूको सहभागिता बढाउन आगामी दिनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने  बताए ।

 

 संस्थाले आफ्ना १०१ जना पयवेक्षक ३१ जिल्लामा २०२ मतदान  केन्द्र पर्यवेक्षणका लागी परिचालन गरेको थियो।पर्यवेक्षकहरुले मतदानको तयारी, मतदान दिनको प्रकिया, मतदाताको सहभागिता, निर्वाचन व्यवस्थापन तथा समग्र निर्वाचन वातावरणको अवलोकन गरेका थिए।

 

संस्थाका अध्यक्ष  भावना भट्टले वर्तमान डिजिटल युगलाई मध्यनजर गर्दै निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउनु अत्यन्त आवश्यक भएको बताउदैं डिजिटल मतदान  प्रणालीको सम्भाव्यता अध्ययन गरी परीक्षणका रूपमा कार्यान्वयन गर्न सकिएमा पारदर्शिता, सहभागिता र पहुँचमा उल्लेखनीय सुधार आउने बताइन । 
    

विभिन्न दल, दलका महिला तथा युवा संगठनमा आवद् महिला नेतृले निर्वाचन आयोगलाई युवा,महिला,अल्पङ्ख्याका र डिजीटल निर्वाचन प्रणालिका विषयलाई  प्रतिवेदनमा समावेश गर्दै ध्यानआकर्षण गराएका थिए । महिला र युवाको तर्फबाट सल्ला र सुभाव सहित प्रतिवेदन पेश गरिएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार