यस्तो छ बजारमा आज तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। आज निर्धारण गरिएका मुल्यहरुमा ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ३०, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २३, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो ८०, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७५, तिते करेला प्रतिकिलो १५०, लौका प्रतिकिलो ८०, परवर (तराई) प्रतिकिलो १००, घिरौँला प्रतिकिलो ९० रुपैयाँ रहेको छ । फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ५० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी ११०, चमसुर प्रतिकिलो ११०, तोरीसाग प्रतिकिलो ७०, मेथी प्रतिकिलो ११०, हरियो प्याज प्रतिकिलो १३०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ।
कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकेजी १३०, कोइरालो प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ७०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकिलो ११०, पुदिना प्रतिकिलो १२०, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३२० तोकिएको छ ।
यस्तै फलफुलहरुमा स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) २२०, कागती प्रतिकिलो २३०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २२०, अङ्गुर (कालो) प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो १५०, तरबुजा हरियो प्रतिकिलो ५०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो २५,खकटहर प्रतिकिलो ११० रुपैयाँ रहेको छ । निबुवा प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ३००, किबी प्रतिकिलो ४०० र एभोकाडो प्रतिकिलो ४०० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो १८०, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी (हरियो) प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो ९माछे० प्रतिकिलो ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ८००, भेडे खुर्सानी प्रतिकिलो १३०, हरियो लसुन प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिकिलो १५० रुपैयाँ रहेको छ । लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, छ्यापी सुकेको प्रतिकिलो १२०, छ्यापी हरियो प्रतिकिलो १००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० निर्धारण गरिएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस