मध्यपूर्वमा अमेरिकी सेना थपिँदै
यमनका इरानसमर्थित हूथीहरूले 'रेड सी'को दक्षिणी प्रवेशद्वारमा ढुवानी अवरुद्ध गर्ने धम्की दिएका छन्।इरानले ठप्पप्राय: गराएको होर्मुज जलमार्गका कारण विश्वव्यापी रूपमै पहिल्यै गम्भीर आर्थिक अवरोध निम्तिएको छ। रेड सीमा तनाव उत्पन्न भएमा त्यस्तो अवस्था अझ जटिल बन्ने ठानिएको छ।
मध्यपूर्वमा एक महिनाअघि युद्ध सुरु भएदेखिको शनिवार हूथीहरूले इजरेलमा पहिलो क्षेप्यास्त्र आक्रमण गरेका थिए। इजरेलले ती क्षेप्यास्त्रहरूलाई निस्तेज पारेको थियो।एक प्रवक्ताले आफ्नो समूहले इजरेलसँग सम्बन्धित "कैयौँ महत्त्वपूर्ण सैन्य स्थलहरू" लाई लक्षित गर्दै "क्रूज क्षेप्यास्त्र र ड्रोनहरूको ब्याराज" प्रहार गरेको जनाएका छन्।
दुई वर्षअघि हूथीको नेतृत्वमा उक्त जलमार्गमा ढुवानी प्रभावित पार्ने धम्कीले गर्दा युरोप र अमेरिका जाने अधिकांश पानीजहाजहरू अफ्रिकाको वरिपरि भएर यात्रा गर्न बाध्य भएका थिए।बीबीसी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस