• सोमबार १२-३०-२०८२/Monday 04-13-2026
अर्थ

मुख्यमन्त्रीसंग नाडा प्रतिनिधिको भेट,अटोमोवाइल क्षेत्रका विषयमा छलफल

काठमाडौं ।नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रवहादुर बानियासंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल गरेको छ ।


 भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन भएकोमा शुभकामना दिएका छन् ।सोही क्रममा मुख्यमन्त्री बानियाले ५० बर्ष पुगेको नाडासंग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै नाडाको प्रसंशा गरेका छन् ।

 

सो छलफलको क्रममा उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ्ग लगायतका विभिन्न समस्याहरु रहेकोले यसको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढनु पर्ने धारणा राखे ।

 

यसैक्रममा मुख्यमन्त्री बानियाले देशका लागि आवश्यक हुने जनशक्ती तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाविच सहकार्य गरेर अघि बढन सकिने धारणा राखे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार