कला प्रदर्शनीका लागि ‘ब्यानर लेखन प्रतियोगिता’
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपालक मर्सियल आर्टिस्ट सङ्घको सहकार्यमा ‘राष्ट्रिय ललित कला प्रदर्शनी २०८३’ का लागि ‘ब्यानर लेखन प्रतियोगिता’ सम्पन्न भएको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेका प्रतियोगितामा प्रथम विश्वेश्वर चौधरी, द्वितीय रामकृष्ण चौधरी, तृतीय किशोरकुमार चौधरी भएका थिए । उनीहरूलाई प्रतिनिधि सभाकान वनिर्वाचित सदस्य हरिप्रसाद भुसालले पुरस्कार प्रदान गरे । पुरस्कारको राशि क्रमशः १० हजार, ७ हजार र ५ हजार र प्रमाणपत्र रहेको छ।
प्रतियोगितामा हरिकिशन चौधरी, विश्वेश्वर चौधरी, राजेन्द्र प्रसाद चौधरी, अरुण महतो, प्रपप चिहान, चक्र बहादुर बिक, वेदी लाल चौधरी, कालिन्द्र चौधरी, घनश्याम चौधरी, अन्दीलाल सरदार, रामकृष्ण चौधरी, उमेश साह, अर्जुन देशार, रमेशकुमार चौधरी, किशोर कुमार चौधरी, सन्तोष बिसी, सिताराम उप्रेती, शारदा मानन्धर, अनिल कुमार यादव, विनोद कुमार पण्डित लगायतका कलाकारको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठान र नेपालकमर्सियल आर्टिस्ट सङ्घका पदाधिकारी, कलाकार, लगायतको पनि उपस्थीति रहेको थियो ।





प्रतिकृया दिनुहोस