नेपाल समूह चरणबाट बाहिरियो
काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ रनले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । तीन पटक पराजित नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि इटाली र इङल्यान्डसँग भएका खेलमा नेपाल पराजित भएको थियो ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको खेलमा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको हो । नेपाललाई हराएसँगै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ ।
समूहमा ६ अङ्क बनाएको वेस्ट इन्डिज शीर्षस्थानमा छ । समान खेलबाट चार अङ्क बनाएको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्ड र इटालीले दुई दुई अङ्क बनाएको छ। समूहमा अङ्कको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो ।
नेपाल यसअघि पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै जित नजिक पुगेपनि चार रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेको नेपालले विश्वकप डेब्यू टोली इटालीलाई १० विकेटको लज्जासपद नतिजा सुम्पिएको थियो ।





प्रतिकृया दिनुहोस