• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
खेलकुद

नेपाल सात विकेटले विजयी

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपालले यूएईमाथि सात विकेटको जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा ५० रन र आरिफ शेखले ३७ बलमा ६१ रनको अर्धशतक साझेदारीमा उक्त जीत सभ्भव भएको हो ।  

 

१४६ रन बनाएको यूएईमाथि नेपालले १७ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।  भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो।

 

युएईका लागि सोएब खानले ३८ रन, हर्सिद कौशिकले ३५, आर्सन शर्मा २५, मोहमद जोएब १९ र अलिशान सरफुले १२ रन बनाएका थिए । बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले दुई दुई तथा ऐरीले एक विकेट लिएका थिए । नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहिबार क्यानाडासँग खेल्नेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार