थापा नै भावी प्रधानमन्त्री : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बनाउने दूरदृष्टि भएका कारण पार्टीले सभापति गगन थापालाई नै भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको बताएका छन् ।
झापा निर्वाचन क्षेत्र नं १ को आइतवार भएको क्षेत्रीय कार्यकर्ता भेलामा पार्टीका सभापति थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका हुन । शर्माले पार्टीको हालै सम्पन्न विशेष महाधिवेशनबाट भागबन्डा र गुटको राजनीतिलाई अन्त्य गरिदिएको बताए।
विगतमा ६० र ४० को भागबन्डा हुने गरेको चर्चा गर्दै अहिले पार्टी विभाजित मनस्थितिमा होइन, पूर्ण रुपमा चुनावमा होमिएको उनको भनाइ थियो । शर्माको गृह जिल्लामा सो क्षेत्रबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस