एरिका र दिपेन्द्र वर्ष उत्कृष्ट खेलाडी
पोखरा। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ बाट करातेकी एरिका गुरुङ र क्रिकेटर दिपेन्द्रसंह ऐरी २०८१ को वर्ष खेलाडी घोषित भएका छन् । अवार्डका लागि क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका श्यान्टु श्रेष्ठ पनि मनोनयनमा परेका थिए । एरिकाले लगातार दोस्रो पटक वर्षक सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जितेकी हुन । उनले खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारिन् ।
यस्तै पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दि इयरको अवार्डले सम्मानित भइन । नेपाल खेलकुद पत्रकार मञ्चले पलेसालाई नेपाली खेलकुदकी पथ प्रदर्शकको विशेष अवार्ड प्रदान गरेको हो । भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड जिते भने यस अवार्डमा फुटबलर रेखा पौडेल दोस्रो स्थान हात पारिन् । क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापा मगर र उसुका विजय सिन्जाली पनि प्रतिस्पर्धामा थिए । पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हात पारे भने नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मी नारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछिल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराँते)लाई पछि पारे ।
युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पुजा महतो घोषित भइन । पूजा उत्कृष्ट भएको यस विधामा अजय बिक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा परेका थिए । एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङदम्बे सम्मानित भइन । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भए भने स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसी कुमार गुरुङ सम्मानित भइन ।
कार्यक्रममा भारतका नयाँ दिल्लीमा भएको पहिलो खोखो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजतक पदक दिलाउने खोखो पुरुष र महिला टिमलाई टिम अफ दि इयरको अवार्ड प्रदान गरियो । यस्तै बङगलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्ट् जर्नलिस्ट अवार्ड प्राप्त गरेका थिए । वर्ष खेलाडी पुरुष-महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस