• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
डबली

नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न

काठमाडौँं । तीनदिने नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ काठमाडौंमा सम्पन्न भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नाफाका कुलपति नारदमणि हार्तम्छालीले कला प्रदर्शनी संस्कृतिगत समझदारी, सिर्जनशीलता तथा जनस्तरको अन्तरदेशीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे।

 

प्रदर्शनी संयोजक तथा प्रख्यात मिथिला चित्रकार रञ्जु यादवले स्वागत मन्तव्य राख्दै कला भूगोल, विचारधारा र पहिचानको सीमाभन्दा माथि उठ्ने सार्वभौमिक भाषा भएको उल्लेख गरे । चित्रकार यादवले नेपाल, बंगलादेश, भारत, मौरिससलगायतका मुलुकका कलाकारका चार दर्जनभन्दा बढी कलाकृति प्रदर्शनीमा समेटिएको जानकारी दिँदै यसले सांस्कृतिक विविधता, साझा मानवीय मूल्य र कलात्मक संवाद प्रतिबिम्बित गरेको बताए । 

 

प्रदर्शनीका क्युरेटर तथा आर्ट हब ढाकाका निर्देशक तैमुर हन्नान ९बंगलादेश०ले पनि आफ्नो धारणा राख्दै सीमा पार कलात्मक सहकार्यको महत्व औँल्याए । उनले नेपाल–बंगलादेशबीच अघिल्ला सांस्कृतिक आदान–प्रदानको स्मरण गर्दै यस्ता अन्तर्राष्ट्रिय कला मञ्चले सिर्जनात्मक संवाद गहिरो बनाउने र क्षेत्रीय मित्रता सुदृढ गर्ने बताए।

 

प्रकृति, संस्कृति, पहिचान, सामाजिक चेतना, अधिकार र समसामयिक यथार्थ झल्किने कलाकृतिहरूले दर्शकको ध्यान आकर्षित गरेको थियो । कला प्रेमीरूले प्रदर्शनीको अन्तर्राष्ट्रिय स्वरूप र दृश्य कलामार्फत सांस्कृतिक आदान–प्रदान प्रवद्र्धनमा यसको भूमिकाको प्रशंसा गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार