टीकाको उत्तम साइत ११ः५३ बजे

काठमाडौँ । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी ठुलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ ।
घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ । घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा दश दिनसम्म मनाइन दसैँ पर्व धार्मिक मात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रूपमा समेत महत्त्वपूर्ण मानिन्छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस