• शनिबार ६-११-२०८२/Saturday 09-27-2025
देश/प्रदेश

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध

इच्छाकामना । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो । 

 

शुक्रवार  साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले बताइन ।  पहिरो पन्छाउने काम सुरु गरिएता पनि माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उनको भनाइ छ । 

 

साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ । पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार