• आइतबार २-१७-२०८३/Sunday 05-31-2026
अर्थ

नाडा अटो शो : नवप्रवर्तन, उद्यमशीलता र भविष्य

काठमाण्डौं ।  अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बताएका छन  । यस वर्ष, केवल ३ दिनमै ७८ हजार बढी अवलोकनकर्ता सहभागी भइसकेको  नाडाले जनाएको छ । 

 

 म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु। यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ ।

 

उनले भने 'यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ, आर्थिक चुनौती र कठिनाइबीच पनि ।'नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव  समेत भएको नाडाको भनाइ छ ।
 

 

मेलाको आकर्षणका रूपमा स्वचालित तथा कृत्रिम बुद्धिमत्ताको नयाँ युगको प्रतिकस्वरुप उन्नत चारपाङ्ग्रे रोबोट र उड्ने कार रहेका छन् । प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे सवारीका ‘ब्राण्ड’, १३ हलुका सवारीसाधनका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे सवारीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आआफ्ना उत्पादन राखेका छन् । नेपालको हालसम्मकै ठूलो अटो शो भएको दाबी गरिएको छ । यही भदौ ८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको एक लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार