• शनिबार २-९-२०८३/Saturday 05-23-2026
डबली

अक्षलोक लोकार्पण

काठमाडौं ।सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्य एवं नेपाली साहित्यका सर्वोत्कृष्ट शताब्दी समालोचक प्रा. डा. दयाराम श्रेष्ठको विशिष्ट आतिथ्यमा “सम्मान तथा अक्षलोक लोकार्पण” कार्यक्रममा गरेको छ ।

 

 श्रावण ११ गते भएको कार्यक्रममा केन्द्रका अध्यक्ष ई. स्वजन स्वराज शाक्यको अध्यक्षतामा प्राध्यापक सिद्धिश्वरमान श्रेष्ठको पुन्यस्मृतिमा आयोजित कार्यक्रममा साहित्य, कला, स्वास्थ्य, संगीत, समाजसेवा, र शिक्षाको क्षेत्रमा विशेष योगदान गर्नुहुने व्यक्तित्वहरुलाई पुरस्कार प्रदान तथा सम्मान गरिएको थियो । यसमा नगद राशी रु २० हजार रुपैयाँको सिद्धिश्वरमान—चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार बेल्जियमका रोजर द ग्रुनलाई, नगद रु २० हजार को सिद्धिश्वरमान—महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार प्रा. डा. भानुचन्द्र बज्राचार्य, रु ११,१११ को सिद्धिश्वरमान—मिलनमुक्ति उत्कृष्ट साहित्य साधना पुरस्कार वरिष्ट साहित्यकार लालबहादुर भुजेललाई, र रु ११,१११ सिद्धिश्वरमान—विष्णु कुमार अग्रवाल उत्कृस्ट साना उद्यमी पुरस्कार दिदीबहिनी क्रियसन्सकी निष्ठा कायस्थलाई प्रदान गरिएको थियो ।

 

 अन्य सम्मानीत हुनेहरुमा सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधक सम्मान डा. भगवान कोइरालालाई, सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी साहित्य साधक सम्मान श्री राम विनयलाई, सिद्धिश्वरमान उत्कृष्ट बालसाहित्य तथा सम्पादन उत्प्रेरक सम्मान स्व. विनय कसजुलाई, सिद्धिश्वरमान उत्कृष्ट शिक्षा रत्न सम्मान प्रा. डा. हृदयरत्न बज्राचार्यलाई, सिद्धिश्वरमान उत्कृष्ट सूचना तथा साहित्य साधक सम्मान प्रविण जोशीलाई, सिद्धिश्वरमान उत्कृष्ट संङ्गीत साधक सम्मान राजु सिंहलाई, सिद्धिश्वरमान सर्वश्रेष्ठ अक्षलोक रत्न सम्मान प्रा. उपेन्द्रबहादुर कार्कीलाई, र सिद्धिश्वरमान उत्कृष्ट साहित्य रत्न सम्मान हिरण्यकुमारी पाठकलाई प्रदान गरिएको थियो ।

 

 यसको साथै नेपाली साहित्यमा निरन्तर योगदान गर्दै आउनु भएको जोडी लक्ष्मी माली र स्नेह सायमीलाई युगल साहित्य साधकको रूपमा सम्मान गरिएको थियो ।  नेपाल भाषा साहित्यमा ६ दशक देखि कलम चलाउँदै आउनुभएका रेवती राजभण्डारी तथा  नरेन्द्रबहादुर श्रेष्ठलाई सिद्धिश्वरमान नेपाल भाषाको सँझ्या सम्मान प्रदान गरिएको थियो । नेपाली साहित्यको उत्थानमा योगदान गर्दै आएका संस्थाहरु साहित्यिक पत्रकार संघ र भीम विराग, संगित, साहित्य कला प्रतिष्ठानलाई सिद्धिश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान प्रदान गरिएको थियो । यस बाहेक कार्यक्रममा विगत चार दशकभन्दा बढि समयदेखि नेपाली साहित्य प्रेमी माझ स्थापीत अक्षलोक साहित्यिक पत्रिकाको ६८औं अंक लोकार्पण पनि गरिएको थियो । 
 
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार