• शुक्रबार २-१०-२०८२/Friday 05-23-2025
मनोरञ्जन

आरती पछि दासको निर्देशनमा ‘प्रतिवैरम’

काठमाडौँ । रोशन दासको निर्देशनमा नयाँ चलचित्र ‘प्रतिवैरम’ को एक कार्यक्रमबिच ओपचारिक घोषणा गरिएको छ । मधेश केन्द्रित कथामा बन्न लागेको चलचित्रको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन् । पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ ।

 

मधेसबारे बन्ने चलचित्रहरुमा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाईने निर्देशक दासले बताए ।  उनले भने, 'हाम्रो सिनेमामा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौं ।' दासका अनुसार सिनेमा मधेशकेन्द्रित रहेर सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेको छ । 

 

फिल्मलाई रेज इन्टरटेनमेन्टले आत्रेय पोडक्सन हाउस, किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेमेन्टसँगको सहकार्यमा निमार्ण गर्न लागेको हो । फिल्मको कथा निर्देशक दास स्वयको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका छन् । सिनेमालाई निरज कँडेलले खिच्दै छन् । फिल्मका कलाकारहरु बारेमा भने केही समयमा सार्वजनिक गरिने दासले जनाए । उनले भने, 'हामीले केही नयाँ र केही पुराना अग्रज कलाकारहरुसँग यो परियोजनामा काम गर्दैछौं । चलचित्र यही वर्षको अन्यतिर प्रदर्शन गरिने निमार्ण पक्षले जनाएको छ ।' 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार