दुई रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस