नाडा र श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयविच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।प्रधानमन्त्री केपीशर्मा ओलिको प्रमुख आतिथ्यतामा आज देखि काठमाण्डौमा पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । सो सम्मेलन भोली २७ गतेसम्म चालु रहने छ ।
श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन आज देखि प्रारभ्म भएको हो । नाडा, सो सम्मेलन को वित्तिय सहयोगि भई सो सम्मेलनको आयोजक मध्येको एक संस्था भएको छ । नाडा आफनो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो ।
सो सम्मेलनका प्रमुख अतिथि तथा प्रधानमन्त्रीको उपस्थितिमा सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्र (MOU)मा हस्ताक्षर समेत भएको छ ।
सो समझदारी पत्रमा नाडाका तर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गर्नु भएको छ । यसले रोजगारी र श्रमिकहरुको अभिबृद्धिका लागि सरकार र नेपालको नीजि क्षेत्र समन्वयात्मक रुपमा अघि बढने अपेक्षा गरिएको छ । यसलाई नाडाले सरकारको हरेक कदममा नीजि क्षेत्रलाई समेत सहभागी गराई अघि बढने संकल्पको रुपमालिएको छ ।
उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिनु भएको छ । आफनो प्रस्तुतीको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढदो बसाइ सराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानकालागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान,अटोमोवाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु,नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरुका विषयमा तथ्याङ्कगत प्रस्तुती दिनु भएको थियो ।
उक्त सम्मेलनमा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रिय कार्य समिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस