नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आजबाट खोलिंदै

काठमाडौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही मिति २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गरिने भएको छ ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ ।
प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमशिर्य ल, अटो कम्पोनेन्ट्स्एवं ग्यारजे उपकरणहरुलगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समहु अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो ।
नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व सकंलन ररोजगारी सजृनाका लागि विषेश योगदान पुर्यारउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटोशो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार हुने आयाजक नाडाले विश्वास लिएको छ ।
प्रतिकृया दिनुहोस