राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न, विभिन्न विधामा पुरस्कार प्रदान

काठमाडौँ । शैली थिएटर तथा रूसी सदन काठमाडौँको आयोजनामा '१६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शन' को समापन भएको छ। चलचित्र विकास बोर्डका सदस्य राजु केसीको प्रमुख आतिथ्यता, रूसी सदन काठमाडौँका उपनिर्देशक अनुस भान्या तथा शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीको सभापतित्वमा महोत्सव सम्पन्न भएको हो ।
महोत्सवमा विभिन्न १६ वटा नाटक सहभागी रहेका थिए भने त्यस मध्यबाट नेपालका युवाहरू विदेश पलायन हुने प्रवृत्ति समावेश गरिएको मृगशिरा स्कुलले तयार पारेको नाटक 'लौरो' का कलाकार विप्लव अभिकारीले द वेष्ट एक्टर अवार्ड, मेलु पाएका छन् भने, समृद्धि स्कुलले प्रस्तुत गरेको नाटक देउकीका कलाकार रोजिना श्रेष्ठले 'द वेष्ट एक्टर अवार्ड, फिमेल' प्राप्त गरेको छ । त्यस्तै बिजेताहरूले ट्रफी, प्रमाणपत्र र नगर रू पाँच हजार प्राप्त गर्नुभएको छ । नाटक 'लौरो' का निर्देशक पुष्प राज अवस्थिले 'द वेष्ट डाइरेक्टर अवार्ड' प्राप्त गरेका छन् भने उनले नगद दश हजार सहित प्रमाणपत्र हात प्राप्त गरे ।
त्यस्तै, युनाइटेड युनिभर्सल स्कुलको नाटक 'पढ्न त मन लाग्छ' ले 'द बेष्ट प्ले' अवार्ड प्राप्त गरेको छ भने, मृगशिरा स्कुलको 'लोरो' ले फस्ट रनर अप अवार्ड तथा माउन्ट हेर्मोन स्कुलको नाटक 'शिशिर बसन्त' ले सेकेन्ड रनरअप अवार्ड प्राप्त गरेको छ भने, शैली पब्लिक चोइस अवार्ड दर्शना स्कुलको नाटक 'को चोर' ले प्राप्त गरेको छ । उक्त नाटकहरूले क्रमश दश हजार, सात हजार र पाँचरपाँच हजार रूपैयाँ सहित प्रमाणपत्र हात पारेका छन् ।
महोत्सवको बेष्ट इमर्जिङ एक्टर अवार्ड हिले माध्यामिक विद्यालयको नाटक 'आरनको कथा' बाट निलम दमाईले हात पारेका छन् भने, बेष्ट इमर्जिङ प्ले समृद्धि स्कुलको नाटक देउकीले अवार्ड प्राप्त गरेको छ । त्यस्तै, प्रोत्साहन अवार्डमध्ये बेष्ट ओर्जिनल राइटिङ अवार्ड होली एञ्जल स्कुलको नाटक 'तारेभिर', बेष्ट कस्टुम डिजाइनर अवार्ड भेलोसिटि स्कुलको नाटक 'तुलसी' भोलिन्टिएर चोइस अवार्ड आकाश गंगा इन्टरनेशनल ऐकेडेमीको नाटक 'रक्त पासो' जुरी अवार्ड हिले माध्यमिक विद्यालयको नाटक 'आरनको कथा' ले अवार्ड प्राप्त गरेको छ । महोत्सवको निर्णायक मण्डलमा वरिष्ठ रङ्गकर्मीद्वय सरस्वति चौधरी र बद्रि अधिकारी रहेका थिए।
शैली थिएरका अध्यक्ष एवं महोत्सव निर्देशक नवराज बुढाथोकीले, 'बालबालिकाहरूलाई हारबाट जितमा परिणत गर्नसक्ने गरि अगाडि बढाउन १६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।' उनले करिब १६ वर्षसम्म अनवरत रूपमा नाटक र थिएटरलाई अगाडि बढाउन चुनौती रहेको भएपनि यसलाई सार्थक रूपमा अगाडि बढाइरहेको बताए ।
कार्यक्रममा बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान २०८१ सम्मान स्व। जनक प्रसाद हुमागाईलाई प्रदान गरिएको थियो भने, अघिल्लो बर्ष भक्तराज शर्मालाई अर्पण गरिएको थियो । एक हप्तासम्म चलेको उक्त महोत्सवमा आयोजक संस्थाको नाटक सहित जम्मा १६ वटा नाटक प्रस्तुत गरिएको थियो जसमा दश हजार हाराहारी मानिसले महोत्सवको अवलोकन गरेको आयोजक संस्थाले जनाएको छ । फागुन १ गतेदेखि फागुन ७ गते सम्म रूसी सदन कमलादी र शैली थिएटरमा भएको थियो ।
प्रतिकृया दिनुहोस