विपिन र स्वस्तिमा उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित
काठमाडौं । राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन्। कार्कीले ‘प्रसाद २’ चलचित्र र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरेका हुन्।
चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधवार आयोजित उत्कृष्ट निर्देशक चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत बनेभने सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले जितेको छ । बुलाकीले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो।
विजेताहरूको सूची :
उत्कृष्ट चलचित्र : (बुलाक)
उत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक : मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार : शिव ढकाल (बुलाकी)
डउत्कृष्ट लेखन : राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रस् लोजिमा (लिम्बु भाषा)
प्रोत्साहन पुरस्कार
अभिनेत्री : स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र : जारी
विशेष योगदान सम्मान
तैय्यव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकाररनिर्माता
भोज बहादुर गुरुङ – निर्देशकरनिर्माता
अमुल कार्की ढली – सङ्गीत संयोजक
ध्रुव कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामाङ – कलाकार
सबिता गुरुङ – कलाकार
विशेष चलचित्र पुरस्कार
सतीदेवी, सुगुप (लिम्बु भाषा), र मार्कली (गुरुङ भाषा)
चलचित्र दीर्घ साधना सम्मान
चलचित्र ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरियो।
प्रतिकृया दिनुहोस