• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
देश/प्रदेश

गौशालाको धर्मशालामा काठमाडौं महानगरपालिकाको बोर्ड

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ । काठमाडौं जिल्ला अदालतले २०६० सालमा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको छ।

 

यससँगै पशुपतिको गौशाला धर्मशाला अब काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने सहमति भएको छ । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरले सञ्चालन गर्नेगरी सहमति गरेपछि आज काठमाडौं महानगरले पशुपति क्षेत्रको गौशाला धर्मशाला मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो ।

 

काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।

 

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा मारवाडीहरूले प्रतिवाद गरेका थिए । मारवाडी सेवा समितिले गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरीसँग धर्मशाला खाली गराउनुपर्ने अफिसियल पत्र मागेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार