• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
अर्थ

पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ।

 

नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

 

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ ।

 

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार