• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
देश/प्रदेश

सहकारी  प्रकरणमा लामिछानेमाथि छानबिन हुनुपर्छ : ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् ।

 

बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।  ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् ।

 

ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफु अहिले पनि पार्टीको महामन्त्री रहेको दाबी गरेका छन् । उनले आफुले पार्टीभित्र आर्थिक पारदर्शीता नभएको भन्दै रास्वपाको आर्थिक पाटो उपसभापति डिपी अर्यालले हेर्ने गरेको बताए । उनले कतिपय प्रकरणमा उपसभापति अर्यालले पार्टीको नाममा आएको रकम व्यक्तिगत रुपमा चलाएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार